काठमाडौँ, १५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन बुधबारबाट काठमाडौँमा सुरु हुँदैछ ।
तीन राप्रपाबीच एकता भएपछि पार्टीको यो पहिलो महाधिवेशन हो । महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देनले दाबेदारी प्रस्तुत गर्नुभएको छ ।
लिङ्देनलाई अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पनि समर्थन रहेको छ । त्यस्तै लिङ्देनको साथ लोहनीसँगै डा. धवलशमशेर राणापनि रहेको छ । अध्यक्ष थापालाई नेताहरू दीपक बोहोरा, बुद्धिमान तामाङ, ध्रुव प्रधान, जयन्त चन्द, रोशन कार्की, उद्धव पौडेल, भुवन पाठकको साथ रहेको छ । अर्का अध्यक्ष पशुपति शमशेर राणाले भने आफू तटस्थ बस्ने बताउँदै सहमतिमा नेतृत्व चयनका लागि प्रयास गर्ने बताउनुभयो ।
महाधिवेशनमा झण्डै चार हजार चार सय प्रतिनिधि सहभागी हुने बताइएको छ । महाधिवेशनले १४७ कार्य समिति चयन गर्नेछ । काठमाडौँमा हुने महाधिवेशन तीन दिनसम्म चल्नेछ ।










प्रतिक्रिया दिनुहोस्