समाचार

बस दुर्घटना हुँदा दुई जनाको मृत्यु



कर्णाली, १५ मंसिर । जुम्लाको सिंजा गाउँपालिकामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

प्रहरीका अनुसार कनकासुन्दरी गाउँपालिकाको गुठीज्यूलाबाट नेपालगञ्ज जाँदै गरेको ना६ख ४४३८ नंको बस सिंजा गाउँपालिका-२ जुम्ला घोडेङ्गा गाउँमा दुर्घटना भएको हो ।

बस सडकदेखि करिब २०० मिटर तल खस्दा घटनास्थलमा नवीन रावल र विशाल बमको मृत्यु भएको हो । बसमा चार जना मात्र सवार थिए । घाइतेको उद्धार गर्न प्रहरी निरीक्षक युवन चौधरी नेतृत्वको प्रहरी टोली त्यसतर्फ गएको छ । घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजान एम्बुलेन्स पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।