Banner News

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत



काठमाडौँ, १५ मंसिर । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् ।

आज बसेको प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी उनले राखेको प्रस्तावमा २२ मत परेको थियो ।

बुधबारको प्रदेशसभा बैठकमा प्रमुख विपक्षी दल नेकपा (एमाले)का सांसदहरू भने सहभागी थिएनन् । मुख्यमन्त्री शाहीलाई उनको दल नेपाली कांग्रेसका ६, नेकपा (माओवादी केन्द्र)का १२, नेकपा (एकीकृत समाजवादी)का तीन र राप्रपाका एक सांसदले मत दिएका छन् ।

मुख्यमन्त्रीमा उनी नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिने प्रावधानानुसार उनले २९औँ दिनमा विश्वसको मत पाएका हुन् ।