राजनीति

विकासका लागि छुट्टै कानुनको आवश्यक छ : मन्त्री शर्मा



काठमाडौँ, १५ मंसिर । अर्थमन्त्री जनार्दन शर्माले विकासका लागि छुट्टै कानुनको आवश्यकता रहेको बताएका छन् ।

आज राजधानीमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन) को रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले छुट्टै कानुनको आवश्यकता रहेको र त्यसका लागि ऐन संशोधनको कार्यमा सरकार अघि बढिसकेको बताए ।

विकासका सानातिना कामहरूमा पनि अदालतको ‘स्टे अर्डर’ ले विकास निर्माणका कार्यमा अल्झन ल्याउने गरेको भन्दै मन्त्री शर्माले यसको सहजीकरणका लागि पनि विशेष कानुनको आवश्यकता रहेको औँल्याए ।