Banner News

कक्षा १२ को नतिजा सार्वजनिक



काठमाडौँ, १७ मंसिर । कक्षा १२ को नतिजा प्रकाशित भएको छ । आज बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकको निर्णय अनुसार नतिजा प्रकाशित गरिएको हो ।

तीन लाख ७५ हजार १५ जना परीक्षामा सहभागी भएकोमा सात हजार ६३ जना  परीक्षार्थीले ‘ए प्लस’ ल्याएका छन् । ‘ए’ ग्रेड ल्याउने परीक्षार्थीको सङ्ख्या ४० हजार २३९ छ । ७० हजार एक जना परीक्षार्थीले ‘बी प्लस’ ल्याएका छन् । ‘बी’ ग्रेड ल्याउने परीक्षार्थीको सङ्ख्या ९९ हजार ५५३ रहेको बोर्डले जनाएको छ । ‘सी प्लस’ ल्याउने परीक्षार्थीको सङ्ख्या ७५ हजार ८८ छ भने २४ हजार ५१५ जनाले ‘सी’ ग्रेड ल्याएका छन् ।

तीन हजार ८७५ परीक्षार्थीले ‘डी प्लस’ ल्याएका छन् । ‘डी’ ग्रेड ल्याउने परीक्षार्थीको सङ्ख्या २९६ छ भने १० हजार ७३ जनाले ‘ई’ ग्रेड ल्याएका छन् । कोभिड–१९ संक्रमणका कारण परीक्षा दिन छुटेका विद्यार्थीले भने गत बुधबारदेखि परीक्षा दिइरहेका छन् । बोर्डका अनुसार परीक्षामा ४१ विद्यार्थी सहभागी छन् । उनीहरूको परीक्षा सकिएको १० दिनभित्र प्रकाशित गरिनेछ ।

सिस्टममा अपलोड भइनसकेकोले केही समयपछि मात्रै नतिजा हेर्न सकिने बोर्डले जनाएको छ।

वेबसाइटमार्फत्

www.neb.gov.np – राष्ट्रिय परीक्षा बोर्ड

www.ntc.net.np – नेपाल टेलिकम

एसएमएस मार्फत् – 

नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर नतिजा हेर्न सकिन्छ। त्यसका लागि NEB<space>Symbol Number टाइप गरेर १६०० मा एसएमएस पठाउनुपर्नेछ ।

आईभीआरमार्फत्

यसका लागि नेपाल टेलिकमको १६०१ मा डायल गर्नुपर्छ। डायल गरेपछि स्वचालित आवाजमा केही निर्देशन पालना गर्न भनिन्छ ।

त्यही निर्देशनहरु पालना गर्दै आफ्नो नतिजा प्राप्त गर्न सकिन्छ । यो तरिका टेलिकमको १४१५ वा १४१२ डायल गरेर मोबाइल रिचार्ज गरेजस्तै प्रक्रिया हो ।