बागलुङ, १७ मंसिर । बागलुङ नगरपालिका-१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयका २८ विद्यार्थी र शिक्षकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
८२ जनाको पिसिआर परीक्षण गर्दा २६ विद्यार्थी र दुई शिक्षकमा कोरोना पुष्टि भएको नगर स्वास्थ्य अधिकृत रामप्रसाद खनालले जानकारी दिए । दुई शिक्षक र एक विद्यार्थीमा कोरोना पुष्टि भएपछि थप विद्यार्थीको पिसिआर परीक्षण गरिएको थियो । विद्यार्थी र शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि विद्यालय बन्द गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
बागलुङमा बुधबारसम्म जम्मा १३ सक्रिय संक्रमित रहेकामा बिहीबारमात्रै थप संक्रमित थपिएपछि संख्या ४१ पुगेको छ । दुई जना संक्रमित धौलागिरि अस्पतालको आइसोलेशनमा छन् ।










प्रतिक्रिया दिनुहोस्