राजनीति

काँग्रेसको प्रदेश २ अधिवेशन शनिवार पनि स्थगित



काठमाडौँ, १८ मंसिर । नेपाली काँग्रेसको अन्य प्रदेश अधिवेशनअन्तर्गत चुनावी प्रक्रिया सुरु भएपनि प्रदेश २ का भने शनिबारका लागि तोकिएको अधिवेशन पनि स्थगित भएको छ ।

प्रदेशका २ का ८ वटै जिल्लाका ३२ वटा निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म सातवटा निर्वाचन क्षेत्रका अधिवेशन प्रतिनिधिहरूको नामावाली प्राप्त नहुँदा शनिवार पनि अधिवेशन स्थगित गरेको बताइएको छ । सर्लाहीका चारवटै निर्वाचन क्षेत्र, बाराका प्रदेश निर्वाचन क्षेत्र २ को ख, सप्तरी निर्वाचन क्षेत्र नम्बर ४, र रौतहट क्षेत्र निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिहरूको नामावली आउन सकेको छैन ।

त्यसैगरी, सर्लाहीमा अहिलेसम्म वडा अधिवेशन समेत हुन सकेको छैन  । निर्वाचन टोलीले त्यहाँ पुगेर निर्वाचनको वातावरण बनाइसकेको र आइतबार सम्ममा जिल्लाका सबै तहका अधिवेशन सम्पन्न हुने सम्भावना रहेको बताइएको छ ।