काठमाडौँ, १९ मंसिर । हाल बंगालको खाडीमा रहेको चक्रवात जवाद कमजोर भैई निम्न चापिय प्रणाली को रुपमा रहेको छ साथै नेपालको पुर्वी भुभागमा यस प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानहरु तथा लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । सुदूर पश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भु-भागको केही स्थानहरू तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भु-भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना रहेको छ ।
हाल देशको प्रदेश नं १ तथा अन्य प्रदेशहरुका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो सुदूर पश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ । सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको ति प्रदेशको उच्च पहाडी तथा हिमाली भु-भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
त्यस्तै आज राती सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ । सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानहरु तथा लुम्बिनी र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । सुदूर पश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भु-भागको केही स्थानहरू तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भु-भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको समेत सम्भावना रहेको छ ।










प्रतिक्रिया दिनुहोस्