काठमाडौँ, १९ मंसिर । काठमाडौँको थापाथलीमा मिनि टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार स्कुटरमा सवार एकजना घाइते छन्, उनको उपचार भइरहेको छ । दुर्घटनामा परेर काभ्रेपलाञ्चोकको पनौती घर भएका १९ वर्षीय सुजन सापकोटाको मृत्यु भएको हो ।
आइतबार बिहान थापाथलीबाट त्रिपुरेश्वरतर्फ जाँदै गरेको बा.२ख ७३२७ नम्बरको मिनि टिप्परले विपरित दिशातर्फबाट आएको बा.२४ प ९३५९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।










प्रतिक्रिया दिनुहोस्