भक्तपुर, २० मंसिर । भक्तपुरको कौशल्टारबाट नगदसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले
मध्यपुर ठिमी नगरपालिका-३ कौशल्टार कमलधारास्थित ओखलढुङ्गा सिद्धिचरण नगरपालिका-१० घर भएका २९ वर्षीय भेष बहादुर भुजेलको टहरमा तास खेलिरहेको अवस्थामा भुजेल लगायत ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको साथबाट ३४ हजार रुपैयाँ र १ बुक तास बरामद गरिएको छ भने उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्