काठमाडौँ, २१ मंसिर । कांग्रेसको महाधिवेशन सुरु हुन चार दिन मात्रै बाँकी रहँदा पनि संस्थापन र इतरपक्षले उम्मेदवारीका लागि आ-आफ्नो समूह बनाउन सकेका छैनन् ।
सस्थापनमा सभापति शेरबहादखुर देउवा नै अघि सर्ने निश्चित भए पनि अन्य पदमा क कसलाई समेट्ने टुंगो लागेको छैन । संस्थापनइतरबाट सभापतिकै उम्मेदवार को बन्ने भन्ने निक्र्योल भएको छैन । समूह बनाउन सोमबारदेखि निर्णयक गृहकार्य थालेका सभापति देउवाले नेता कृष्ण प्रसाद सिटौला समूहसाग समीकरण बनाउन खोजेका छन् ।
प्रदेश १ र झापा जिल्ला अधिवेशनमा देउवा-सिटौला गठबन्धन सफल बनेको छ । ६ वटा प्रदेशमा भएको अधिवेशनमा दुई सभापति छानिएका छन् । महाचिवेशनमा बाँकी समूह एक भए आफूमाथि जोखिम बढ्ने बुझाइमा देउवाले सिटौलासँग महाधिवेशनमा पनि सहकार्य गर्न चाहेका हुन् । देउवाले उपसभापति विमलेन्द्र निधि अलग्गिएपछि क्षतिपूर्तिका लागि सिटौलासँग आफ्नो टिमबाट उपसभापतिमा अघि सार्न चाहेका छन् ।
विभिन्न पदाधिकारीमा आफ्नै विश्वासपात्रलाई अलग्याएर सिटौला समूहलाई अटाउन देउवाका लागि सहज भने छैन । मधेसको भावना र टिमका आकांक्षीको व्यवस्थापन गरेर अघि बढ्न उनलाई चुनौती नै रहेको नेता रमेश लेखक बताउँछन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।










प्रतिक्रिया दिनुहोस्