राजनीति

कांग्रेसको अन्तिम केन्द्रीय समिति बैठक पौडेलले गरे वहिष्कार



काठमाडौँ, २३ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी अन्तिम केन्द्रीय समिति बैठक वहिष्कार गरेका छन् ।

शुक्रबार पार्टीको १४औँ महाधिवेशन सुरु हुँदैछ । तर, बिहीबार १३औँ महाधिवेशनले चयन गरेको केन्द्रीय कार्यसमितिको बैठक डाकिएको छ ।

बिहान साढे ११ बजे बोलाइएको बैठक अझै सुरु भइसकेको छैन । तर, नेताहरु बैठकमा सहभागी हुन पार्टी कार्यालय पुग्ने क्रम चलिरहेको छ ।