भक्तपुर, २३ मंसिर । नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नतले जिल्लाको ऐतिहासिक बाचामारी डम्फो संरक्षण तथा पार्कको शिलान्यास गर्नुभएको छ ।
उपत्यका विकास प्राधिकरणले १० लाख बजेट विनियोजन गरेको बाचामारी डम्फो संरक्षण तथा विकास समिति सूर्यविनायक नगरपालिका वडा नं. १० बाचामारी चित्तापोलद्वारा आयोजित बाचामारी डम्फो संरक्षण तथा पार्क निर्माणका लागि सांसद बस्नेतले शिलान्यास गर्नुभएको छ । शिलान्यास कार्यक्रममा बोल्दै नेता बस्नेतले निर्धारित समयमा व्यवस्थित तवरले निर्माण सम्पन्न हुनेमा विश्वास व्यक्त गर्नुभयो । पार्क निर्माणलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन खुल्ला मैदानहरुको अझ बढी खोजी तथा व्यवस्थित गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै सांसद बस्नेतले विगतमा संरक्षणको अभाबका कारण विकृति र विसंगति रहेको स्थानमा वर्तमान नेतृत्वले संस्थागत पहल गरि विशेष अभियान सञ्चालन उक्त कुराको नियन्त्रण गर्ने विभिन्न अभियानका कारण नियन्त्रण भएको दावी गर्नुभयो । विगतमा खानेपानीको अभाव रहेको उक्त स्थानमा खानेपानी आयोजनाको सञ्चालनमा ल्याई जनताको मागलाई सम्बोधन गरेको उल्लेख गर्दै नेता बस्नेतले शिक्षा, स्वास्थ्य, सडक, पुललगायतका क्षेत्रमा उक्त स्थानले ठूलो फड्को मारेको बताउनुभयो ।
भक्तपुरमा निर्माण गर्न अभियानमा रहेको स्मार्ट सिटी ल्याण्ड पुलिङका माध्यमबाट हुने जानकारी गराउँदै नेता बस्नेतले डीपीआरका प्रकृयाहरु अगाडी बढेको बताउनुभयो । निजी क्षेत्रका लगानी कर्ताहरुले समेत प्लानिङहरु गरिरहेको उल्लेख गर्दै नेता बस्नेतले खुल्ला क्षेत्र तथा पार्कलाई समेत विशेष ध्यान दिई उपत्यका विकास प्राधिकरणको नियम अनुसार काम भइरहेको बताउनुभयो । प्रत्येक टोल टोलमा मन्दिर, पार्क, सामुदायीक भवन निर्माण, खुल्ला मैदान लगायतका कुराहरुको माग रहेको उल्लेख गर्दै नेता बस्नेतले विगतबाट पाठ सिक्दै आगामी दिनको यात्रा तय गर्नुपर्ने बताउनुभयो ।
सडक, विद्युत, खोनपानी, विद्यालयलगायतका कुराहरु मानिसको अपरिहार्यता रहेकता पनि आधारभुत विकासको साथमा आधुनिक तवरको सोचको विकास गर्नुपर्नेमा जोड दिनुभयो । वर्तमान नेतृत्व आएसँगै भक्तपुरका आधारभुत विकासका चरणहरु पुरा भइसकेको दावी गर्दै नेता बस्नेतले अबका दिनमा बाँकी रहेका केही आधारभुत योजनाहरु निर्माण सम्पन्न हुने विश्वास दिलाउनुभयो । विद्यालय, स्वास्थ्य क्षेत्र लगायतका भौतिक संरचनाहरु जिल्लामा निर्माण सम्पन्न भइसकेको जानकारी गराउँदै अबका दिनमा पार्क, खेलकुद मैदान, सामुदायीक भवनलगायतका कुराहरुको आवश्यकता रहेको औल्याउनुभयो ।
भक्तपुरमा निर्माण सम्पन्न तथा सम्पन्नताको चरणमा रहेको आायेजनाले नै भक्तपुरमा विकासको समृद्धि प्राप्त गर्न सफल भएको उल्लेख गर्दै उहाँले तीनै तहको सरकारको साथमा उपत्यका विकास प्राधिकरणको ठूलो सहयोग रहेको बताउनुभयो । उपत्यका विकास प्राधिकरणले भक्तपुरलाई गरेको सहयोगकै कारण विकासमा भक्तपुर र काठमाडौँ छुट्टिएको उल्लेख गर्दै विकास हेर्न काठमाडौँ तथा ललितपुरका मान्छे भक्तपुर आउने अवस्था सिर्जना भएको दावी गर्नुभयो ।
वडा नं. १० का वडाध्यक्ष शिवराम राउत, वडा नं. ९ का वडाध्यक्ष उपेन्द्र केसी, ८ नं. वडाको वडाध्यक्ष किरण थापा, उपत्यका विकास प्राधिकरणका इन्जिनियर, स्थानीय समाजसेवीलगायतको उपस्थिती रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्