Banner News

कांग्रेसको १४औँ महाधिवेशन आजदेखि सुरु हुँदै



काठमाडौँ, २४ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशन आज ९शुक्रबार०देखि सुरु हुँदैछ ।

महाधिवेशनको उद्घाटन सत्र आज दिउँसो एक बजे भृकुटीमण्डपमा हुने छ । उद्घाटन स्थल वरिपरि झण्डा र ब्यानर बोर्ड झुण्डिएका छन् । पार्टी कार्यालय, सानेपाका अनुसार भृकुटीमण्डपको प्राङ्गणको मञ्चमा १५० जनाभन्दा धान्ने मञ्च तयार गरिएको छ । उद्घाटनमा नेपालका विभिन्न राजनीति दलसँगै भारतको भारतीय जनता पार्टी र कांग्रेस आइका प्रतिनिधि काठमाडौँ आइसकेका छन् ।

महाधिवेशनमा ४ हजार ७ सय महाधिवेशन प्रतिनिधि सहभागी हुने पार्टी कार्यालयले जनाएको छ । प्राय सबै महाधिवेशन प्रतिनिधि बिहीबार नै काठमाडौँ आइसकेर महाधिवेशनको झोलासहितका सामग्री लिएर गइसकेको बताइएको छ । महाधिवेशनमा आएकाहरुलाई भोलिको उद्घाटन सत्रमा ब्रेकफास्ट र लन्चको व्यवस्था गरिएको छैन, डिनरमात्र व्यवस्था गरिएको छ । २५ गतेदेखि २७ गतेसम्म भने ब्रेकफास्ट, लन्च र डिनरको पूर्ण व्यवस्था गरिएको छ ।

महाधिवेशनका लागि नेपाल प्रहरीले सुरक्षाको प्रबन्ध मिलाउने र ट्राफिक प्रहरीले सवारीको व्यवस्थापन गर्नेछ । महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन मङ्सिर २४ गते बिहान १० बजे गरिने पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।