समाचार

बस दुर्घटना हुँदा एकको मृत्यु, ८ जना घाइते



सिन्धुपाल्चोक, २६ मंसिर । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ बिञ्जेलमा जन्ती बोकेको बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छभने ८ जना घाइते भएका छन्  ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार गएराति बा २ ख ५६१४ नम्बरको बस दुर्घटना हुँदा चालक बलेफी–६ का राजु तामाङको मृत्यु भएको हो ।

दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुको सिन्धु सदाबहार अस्पताल खाडीचौर र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।