राजनीति

समाचार संकलनमा अवरोध गरिएकोप्रति महासंघको आपत्ति



काठमाडौँ, २७ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशनमा समाचार संकलन गर्न पुगेका पत्रकारमाथि प्रहरी र निर्वाचन समितिका सदस्यहरूले दुर्व्यवहार गरेको भन्दै पत्रकार महासंघले आपत्ति जनाएको छ ।

महासंघले प्रेस विज्ञप्तिमा भनेको छ, ”प्रेस स्वतन्त्रतामाथिको ज्यादती हो । महासंघ पत्रकारलाई निर्वाध रूपमा प्रेस स्वतन्त्रताको उपभोगको वातावरण बनाई प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।’