Banner News

काँग्रेस महाधिवेशन: सभापति चयनका लागि दोस्रो चरणको मतदान साढे ३ बजेदेखि



काठमाडौँ, २८ मंसिर । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा सभापति चयनका लागि दोस्रो चरणको मतदान आजै साढे ३ बजेदेखि सुरु हुने छ ।

सोमबार मतदान भएका तीन स्थानमा नै आज पनि मतदान हुने भएको हो । नेपाली काँग्रेस सभापति पदको चुनावमा पहिलो चरणमा कुनै पनि उम्मेदवारको पक्षमा ५० प्रतिशत मत नकटेपछि पुन दोस्रो राउण्डमा मतदान हुने भएको हो ।

पहिलो चरणमा सबैभन्दा बढी मत देउवाले ल्याएका  शेरबहादुर देउवा र दोस्रो धेरै मत ल्याउन शेखरबीच भिडन्त हुनेछ ।