Banner News

२६४ जनामा कोरोना संक्रमण, ३६२ जना डिस्चार्ज



काठमाडौँ, २८ मंसिर । थप २ सय ६४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २४ हजार ७ सय ६४ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ६ सय ८९ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज ३ सय ६२ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख ७ हजार ५ सय १६ जना रहेको छ । आज २ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ५ सय ५९ जना पुगेको छ ।