काठमाडौँ, १ पौष । आज यो वर्षको आजसम्मको चिसो दिन रहेको जल तथा तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार आज बिहान ६ बजे काठमाडौँको तापक्रम ३.२ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो काठमाडौँ उपत्याकामा तापक्रम १७ देखि १९ डिग्री सेल्सियसम्म पुग्नेछ ।
तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । बिहानको समयमा लागेको कुहिरो दिउँसोसम्म हट्ने विभागले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीका कारण चिसो बढ्ने भन्दै सर्तक रहन आग्रह गरिएको छ । उक्त प्रणालीका कारण आगामी दिनमा तापक्रममा गिरावट आई चिसो अझ बढ्न सक्ने सम्भावना रहेको विभागले जनाएको छ ।
यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने भएकाले त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा र सतर्कता अपनाउन भिागले आग्रह गरेको छ ।










प्रतिक्रिया दिनुहोस्