काठमाडौँ, १ पौष । नेपाली कांग्रेसको महामन्त्री पदको निर्वाचनमा शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिएका गगन थापाले अग्रता कायमै राखेका छन् । दोस्रो स्थानमा प्रकाशमान सिंह प्यानलका विश्वप्रकाश शर्मा छन् ।
११७५ मत गणना हुँदा गगन थापाले सबैभन्दा बढी ६७३ मत पाएका छन् । विश्वप्रकाश शर्माले ४३४ मत पाएका छन् । प्रकाशशरण महतले ३५३, प्रदीप पौडेलले ३४२ र मिनेन्द्र रिजालले १९४ मत पाएका छन् । महामन्त्रीका अर्का उम्मेदवार राजाराम कार्की ३८ मतसहित सबैभन्दा पुछारमा छन् ।










प्रतिक्रिया दिनुहोस्