Banner News

१८४ जनामा कोरोना संक्रमण, २६७ जना डिस्चार्ज



काठमाडौँ, १ पौष । थप १ सय ८४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख ५ हजार १ सय ७६ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ५  सय २६ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज २ सय ६७ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख ८ हजार ८३ जना रहेको छ । आज २ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ५ सय ६७ जना पुगेको छ ।