काठमाडौँ, २ पौष । नेकपा एमालेको मंसिर २५ र २६ गते बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेका निर्णयहरु पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने भएको छ । त्यसका लागि एमालेले शुक्रबार पत्रकार सम्मेलन आयोजना गरेको छ ।
एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पुस २ गते शुक्रबार दिउँसो १ः३० बजे काठमाडौँको बानेश्वरमा पत्रकार सम्मेलन गरेर दोस्रो केन्द्रीय कमिटीका निर्णय सार्वजनिक गर्न लागेको जानकारी दिनुभयो ।
उक्त बैठकले ४४ जना केन्द्रीय सदस्यको मनोनयनदेखि निर्वाचित ३०१ जना नेताहरुको कार्यविभाजन गरेको थियो । तर, मनोनयन तथा कार्यविभाजनमा पार्टीमा लामो योगदान गरेका केही नेताहरुलाई भन्दा नवआगन्तुकहरुलाई प्राथमिकता दिएको भन्दै असन्तुष्टिका व्यक्त गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्