Banner News

२७४ जनामा कोरोना संक्रमण, २७० जना डिस्चार्ज



काठमाडौँ, २ पौष । थप २ सय ७४ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २५ हजार ४ सय २५ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ५ सय २२ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज २ सय ७० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख ८ हजार ३ सय ५३ जना रहेको छ । आज ३ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ५ सय ७० जना पुगेको छ ।