Banner News

काठमाडौँको आजको तापक्रम २.६ डिग्री सेल्सियस



काठमाडौँ, ३ पौष । काठमाडौँ उपत्यकाको तापक्रम २ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको तापक्रम यस वर्षकै आजसम्मको कम मापन गरिएको छ ।

यसअघि शुक्रबार काठमाडौँ उपत्यकाको तापक्रम ३.४ डिग्री सेल्सियस थियो । तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ । काठमाडौँ उपत्यकाको तापक्रम घट्ने क्रममा रहेको विभागका मौसमविद् प्रतिभा मान्नधरले बताइन् ।

अबको केही दिन तापक्रम घटबढ भइरहने बताइएको छ । मौसमविद्का अनुसार राति बदली भए दिउँसो तापक्रम बढ्ने र आकाश खुला भए तापक्रम घट्ने हुन्छ । रासस