Banner News

१८९ जनामा कोरोना संक्रमण, २५० जना डिस्चार्ज



काठमाडौँ, ३ पौष । थप १ सय ८९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २५ हजार ६ सय १४ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ५ सय २२ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज २ सय ५० जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख ८ हजार ६ सय ३ जना रहेको छ । आज २ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ५ सय ७२ जना पुगेको छ ।