समाचार

काठमाडौँ उपत्यकामा थप ११० जनामा कोरोना पुष्टि



काठमाडौँ, ३ पौष । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ११० जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ७५, भक्तपुरमा ९ र ललितपुरमा २६ गरी ११० जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौँ उपत्यकामा सक्रिय संक्रमितको संख्या एक हजार ८ पुगेको छ । त्यस्तै देशभर थप १ सय ८९ जनामा कोरोना पुष्टि भएको छ ।