काठमाडौँ, ३ पौष । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले नजाने भएको छ ।
अहिलेसम्म औपचारिक खबर नआएको र नेकपा एकीकृत समाजवादी पार्टीलाई पनि बोलाइएको हुँदा आफूहरू सर्वदलीय बैठकमा नजाने संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिलेसम्म हामीलाई खबर आएको छैन । अध्यक्षसँग बुझ्दा पनि अहिलेसम्म खबर नआएको बताउनु भएको छ। औपचारिक पत्र पनि आएको छैन। स्वभाविक रूपमै माधव नेपालहरू उपस्थित भएको बैठकमा हामी उपस्थित हुँदैनौं ।’ प्रधानमन्त्री देउवाले आइतबार दिउँसो ४ बजे सर्वदलीय बैठक बोलाउनुभएको छ ।










प्रतिक्रिया दिनुहोस्