समाचार

चर्चभित्र ९ वर्षीय बालक अवस्थामा मृत फेला



बुटवल, ४ पौष । बुटवलको एक चर्चमा नौ वर्षीय बालक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

बुटवल उपमहानगरपालिका-११ बुद्धनगरस्थित स्थानीय राजेन्द्र गौतमको घरमा भाडामा सञ्‍चालन गरिएको चर्चमा ९ वर्षका बालक आरएस खड्गी झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

घटना शंकास्पद रहेको भन्दै स्थानीयले छानबिनको माग गरेका छन्। इलाका प्रहरी कार्यालय बुटवलले शवको पोस्टमार्टमपछि थप विवरण खुल्ने बताएको छ ।