विश्व

चीनमा ५.३ म्याग्निच्युडको भूकम्प



एजेन्सी, ४ पौष । उत्तरपश्चिम चीनको छिङहाइ प्रान्तको मङ्ग्या शहरमा ५.३ म्याग्निच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ ।

आइतबार (बेइजिङ समय) बिहान ७ बजेर ५४ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको थियो । स्थानीय मिडियाले तत्काल कुनै चोटपटक वा भौतिक सम्पत्तिको क्षति नभएको रिपोर्ट गरेका छन्।