Banner News

१८१ जनामा कोरोना संक्रमण, २८९ जना डिस्चार्ज



काठमाडौँ, ४ पौष । थप १ सय ८१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २५ हजार ७ सय ३६ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ५ हजार २ सय ७१ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज २ सय ८९ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख ८ हजार ८ सय ९२ जना रहेको छ । आज १ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ५ सय ७३ जना पुगेको छ ।