काठमाडौँ, ५ पौष । हाल देशमा उल्लेखनीय प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल मौसमको अवस्था हाल पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । आज राती देशभरी आंशिक बदली रहनेछ ।
तराईका भू-भागहरुममा बिहानको समयमा हुसु/कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिन हुन समेत सबैमा विभागले अनुरोध गरेको छ ।
त्यस्तै काठमाडौँको आज विहानको तापक्रम ३.६ डिग्री सेल्सियस रहेको छ । विहान ६ बजे काठमाडौँमा ३.६ डिग्री सेल्सियस तापक्रम मापन गरिएको हो ।










प्रतिक्रिया दिनुहोस्