काठमाडौँ, ५ पौष । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मिलेनियम च्यालेन्ज कम्प्याप्ट (एमसीसी) बारे साझा धारणा बनाउन प्रयास भइरहेको बताएका छन् ।
आज समाजवादी प्रेस संगठनले काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले एमसीसीबारे अध्ययन गर्न सत्तारुढ दलहरुले तीन नेतालाई जिम्मेवारी दिएको भन्दै उनले देश हितको रक्षा गरेर अगाडि बढ्ने बताए ।
उनले भने, ‘एमसीसीसँग जोडिएकाहरुले गठबन्धनको अंग होइन भनेर प्रष्ट पार्न कोसिस गरेका छन्’ यो विशुद्ध आर्थिक सहयोगको विषय बनोस्, नेपालको सार्वभौमसत्तासँग जोडिने, छिमेकीहरुसँग असर पर्ने नहोस् ।’










प्रतिक्रिया दिनुहोस्