५ पुस, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसी संसदबाट पारित गर्ने विषयलाई सरकारले बुद्धिमतापूर्ण ढंगले अघि नबढाए मुलुक राजनीतिक तथा आर्थिक संकटमा फस्न सक्ने चेतावनी समेत दिनुभयो ।
सोमबार चितवनको भरतपुरमा स्थानीय सञ्चारकर्मीमाझ उहाँले एमसीसीले गर्दा अमेरिकासँगको सम्बन्धमा जटिलता आए त्यसले मुलुकमा राजनीतिक तथा आर्थिक संकट आउने सक्ने बताउनुभयो । एमसीसी अघि बढाउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दलभित्रै गम्भीर असहमति रहेको दावी गर्दै उपाध्यक्ष पाण्डेले एमसीसी सम्झौंताबारे सरकार जिम्मेवार नबनेको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो, ‘हिजै मात्रै पनि सर्वदलीय बैठक बसेको कुरा छ । बैठकमा हाम्रो पार्टी सहभागी भएन । तर उनीहरुको बैठक विना निष्कर्ष टुंगियो अथवा सरकार पक्षकै दलहरुका बीचमा पनि विमतीहरु चाँही चरम रुपले परस्पर विमतिहरु पैदा भयो । अहिले पनि गर्नु हुँदैन यसलाई लिनु हुँदैन भन्ने दलहरुको भनाईको कारणले गर्दा प्रधानमन्त्री र अन्य दलहरुकै बीचमा पनि गम्भिर असहमती देखिन्छ । प्रधानमन्त्री यो गर्ने कि नगर्ने ? भन्नेमा छन् । यसलाई हामीले बडो बुद्धिमतापूर्वक यो समस्याको समाधान खोज्नुपर्ने हुन्छ । तर सरकार यो ढंगले जिम्मेवार बनेर काम गर्न खोजीरहेको छैन ।’










प्रतिक्रिया दिनुहोस्