Banner News

प्रतिनिधिसभा बैठकमा एमालेको नाराबाजीकै बीच दुई अध्यादेश स्वीकृत



काठमाडौँ, ६ पौष । प्रमुख विपक्षी दल नेकपा एमालेको विरोधकै बीच प्रतिनिधिसभा बैठकमा दुई अध्यादेश स्वीकृत भएको छ ।

बैठक शुरु हुनेवित्तिकै एमाले सांसदहरुले वेल घेर्दै नाराबाजी गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सञ्चालनमा अवरोध नगर्न पटक पटक आग्रह गरे पनि एमाले सांसदहरुले नाराबाजी जारी राखेका थिए ।

त्यसपछि सभामुख सापकोटाले बैठक अगाडि बढाए । मंगलबारको बैठकले यौनहिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश स्वीकृत गरेको छ ।