कपिलबस्तु, ६ पौष । नेकपा (एमाले) महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धनको सरकार जति समय रहन्छ मुलुकले दुर्भाग्य मात्रै बेहोर्नु पर्ने बताउनुभएको छ ।
एमाले कपिलबस्तुले आज आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै महासचिव पोखरेलले अधिल्लो एमाले नेतृत्वको सरकारले गरेका जनमुखी कामहरु रोक्नलाई नै वर्तमान पाँच दलीय गठबन्धन बनेको दावी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘एमालेले देशको हितमा गरेको कामबाट अत्ताल्लिएर यो गठबन्धन बनेको हो, यो गठबन्धन सरकार जति समय रहन्छ, मुलुकले दुर्भाग्य मात्रै बेहोर्नुपर्छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको कामलाई रोक्नकै लागि गठबन्धन लागेको र गठबन्धनले मुलुकको अहित मात्रै गरिरहेको छ । एमालेलाई जनादेशबाट होइन, परमादेशबाट सरकारबाट बाहिर पुर्याइएको हो, जनादेश त एमालेकै पक्षमा रहेको थियो, छ भोलि पनि रहन्छ । चुच्चे नक्सा जारी भएपछि गठबन्धन बनाएर एमालेको सरकार हटाउने काम गरे । गठबन्धन बनाएर मुद्धा मामिला गरेर अदालतबाट एमालेलाई सत्ताबाट हटाउने काम भयो ।’










प्रतिक्रिया दिनुहोस्