राजनीति

वाग्मती प्रदेशसभाको बैठक बस्दै



मकवानपुर, ७ पौष । वाग्मती प्रदेशसभाको नवौँ अधिवेशन बैठक आज दिउँसो १ बजे बस्दै छ ।

प्रदेशसभाको बैठकअघि साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ । संसद् सञ्चालनका लागि आवश्यक छलफल गर्न सभामुख सानुकुमार श्रेष्ठले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

सोही बैठकबाट प्रदेशसभा बैठकको कार्यसूची तय हुने जनाइएको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विश्वासको मत पाएपछि प्रदेशसभाको बैठक बसेको छैन ।