काठमाडौँ, ७ पौष । नेपाली कांग्रेसको थारू कलष्टरतर्फ केन्द्रीय सदस्यमा चार जना निर्वाचित भएका छन् । खुलातर्फ योगेन्द्र चौधरी २१९८ मत र रामजनम चौधरी २५०३ मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।
कांग्रेस निर्वाचन समितिका अनुसार केन्द्रीय सदस्य थारू महिलातर्फ कल्पना चौधरी २५२४ मत र जीवन राना २३४९ मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।
कांग्रेसमा १६६ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ जसमध्ये १२१ जना निर्वाचनमार्फत् आउने छन् ।










प्रतिक्रिया दिनुहोस्