राजनीति

विवेकशील साझाले ‘महाकाली–मेची राष्ट्रिय एकता यात्रा’ गर्ने



काठमाडौँ, ७ पौष । विवेकशील साझा पार्टीले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर ‘महाकाली–मेची राष्ट्रिय एकता यात्रा’ सुरु गर्ने भएको छ ।

पार्टीको हिजो बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यही पुस २७ गते कञ्चनपुरबाट सो यात्रा सुरु गर्ने निर्णय गरेकोहो  । सहिद दिवसको दिन माघ १६ गते झापामा पुगेर अन्त्य हुनेछ ।