समाचार

प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपीएफलाई



काठमाडौँ, ११ पौष । विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

योसँगै एपीएफले गत संस्करणमा हारेको बदला लिन सफल भएको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइको प्रदेश–१ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ६७ रन बनाएको थियो । ६८ रनको लक्ष्य एपीएफले १४.२ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको हो ।

एपीएफको जितमा विकेट किपरसमेत रहेकी ब्याटर ज्योति पाण्डेले ३९ बलमा ६ छक्कासहित सर्वाधिक ३६ रन बनाइन् । यस्तै ममता चौधरी २३ बलमा २ चौकासहित १९ रनमा अविजित रहिन् । प्रदेश–१ का लागि कप्तान रुविना क्षेत्रीले ३४ र अप्सरी बेगमले ११ रन बनाउनुबोहक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । एपीएफकी सीता रानामगरले तीन, रेखा रावलले दुई र करुणा भण्डारीले एक विकेट लिए ।

८ रनको लक्ष्य पछ्याएको एपीएफका लागि ओपनर ज्योति पाण्डेयले अविजित ३७ रन बनाइन् । ममता चौधरी १७ रनमा अविजित रहिन् ।सात रन जोड्दा दुई विकेट गुमाएपछि दबाबमा रहेको एपीएफको इनिङ्स ज्योति र ममताले उकासेका थिए । ज्योति र रोमा थापाले तेस्रो विकेटका लागि २८ रनको साझेदारी गरेका थिए । ज्योति र ममताले चौथो विकेटका लागि ३३ रनको अविजित साझेदारी गरे ।

प्रदेश–१ का लागि कप्तान रुविना क्षेत्रीले ३ विकेट लिइन् । एपीएफकी ज्योति ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।