Banner News

सत्तारुढ नेपाली काँग्रेसको वैधानिकता जोगियो



काठमाडौँ, ११ पौष । सत्तारुढ नेपाली काँग्रेसको वैधानिकता जोगिएको छ ।

भदौ १८ गते वडा अधिवेशन सुरु भएर मंसिर अन्तिममा महाधिवेशन सम्पन्न गरेर काँग्रेसले पार्टीको वैधानिकता जोगाएको हो ।

संविधानको धारा २ सय ७१ को व्यवस्था अनुसार चुनाव हुनुभन्दा अगाडि निर्वाचन आयोगमा दल दर्ताको गर्नुपर्ने व्यवस्था छ । अहिले निर्वाचन आयोगमा ९६ वटा राजनीतिक दल दर्ता छन् । निर्वाचन आयोगमा दर्ता भएका सबै दलले निर्वाचनमा माग लिने ग्यारेन्टी नभएकाले निर्वाचनअघि दल दर्ताको सूचना निकाल्ने गरिन्छ ।

संविधानको धारा २६९ बमोजिम निर्वाचनका निम्ति निर्वाचन आयोगले तोकेको ढाँचामा संघीय कानुन बमोजिम दल दर्ता गर्न भनेको थियो । उक्त कुरालाई मध्येनजर गरी काँग्रेस यही पुस ७ गतेसम्म महाधिवेशन र सातै प्रदेश अधिवेशन गरेर निर्वाचन आयोगमा दल दर्ता गराएको छ । काँग्रेसले शनिबार १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक राखेर सोही दिउँसो साढे ३ बजे निर्वाचन आयोगमा दल दर्ता गरेको छ । योसँगै आगामी माघ १२ गतेका लागि तोकिएको राष्ट्रियसभा निर्वाचनमा काँग्रेसले भाग लिन पाउने निश्चित भएको छ ।