Banner News

२७१ जनामा कोरोना संक्रमण, २२५ जना डिस्चार्ज



काठमाडौँ, १२ पौष । थप २ सय ७१ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २७ हजार ५ सय २२ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या ४ हजार ९ सय ३१ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज २ सय २५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख ९ हजार ११ सय ५ जना रहेको छ । आज १ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ५ सय ८६ जना पुगेको छ ।