रौतहट, १३ पौष । रौतहटको गौर-चपुर सडकखण्डको गरूडामा जन्ती बोकेको कार दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ ।
गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर०५पीए ६९५३ नम्बरको उक्त कार गरूडामा दुर्घटना ग्रस्त हुदा ५ जनाको मृत्यु भएको इलालका प्रहरी कार्यालय गरूडाले जनाएको छ ।
प्रहरीका अनुसार कारमा सावर ८ जनामध्ये तीनजना घाइते भएका छन् । उनीहरुको गरूडा अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार मृतको पहिचान खुल्न सकेको छैन ।










प्रतिक्रिया दिनुहोस्