काठमाडौँ, १४ पौष । प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको विकास योजनाको खाका बनाउन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्व पौडेलसहित पार्टी केन्द्रीय सदस्य नैनसिंह महरलाई सुदूरपश्चिम खटाएका छन ।
उपाध्यक्ष डा.विश्व पौडेल र नेता महसहितको टोली मंगलबार धनगढी पुगेको हो । टोलीले अब ९ वटै जिल्लामा पुगेर योजनाको खाका बनाउने छ । सबै स्थानीय तहका जनप्रतिनिधिसहित पार्टीका नेताहरुलाई समेत जिल्लामा हुने विकास छलफल तथा सुझाव संकलनमा उपस्थित हुन निम्तो गरिएको छ ।
प्रधानमन्त्री देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवाले विशेष चासोका साथ खटाएको टोलीले सुदूरपश्चिममा आगामी निर्वाचनलाई समेत ध्यानमा राखेर योजना बनाउन तथा ठूला रोजगारी सृजना गर्न सक्ने गरी योजनाका खाका बनाउने छ । पार्टी महाधिवेशनमा भारी मतका साथ दाेस्राे पटक सभापतिमा विजय भएपछि प्रधानमन्त्री देउवा सुदूरपश्चिमको योजनाको खाका बनाउन लागि परेका छन् ।










प्रतिक्रिया दिनुहोस्