काठमाडौँ, १४ पौष । काठमाडौँको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा नौ पुरुषले एक महिलालाई ‘सामूहिक बलात्कार’ गरेको आरोपमा आठजनालाई प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार पीडित महिलाको जाहेरीका आधारमा सोमबार दिउँसो ३ बजेदेखि हालसम्म आठजना पक्राउ परेको र थप एकजना फरार रहेको छ । सीसीटीभी फुटेज र अन्य प्रमाणका आधारमा आरोपीहरूलाई पक्राउ गरेको हो ।
पीडित महिलाको स्वास्थ्य अवस्था सामान्य छ । पीडित महिला दुई सन्तानकी आमा समेत रहेको बताइएको छ । प्रहरीले आधिकारिक रूपमा नाम सार्वजनिक गरेको छैन । पक्राउ परेकाहरू सबै चिनजानकै व्यक्ति रहेको खुलेको छ । पीडित महिला कामको खोजीमा काठमाडौँ आएको खुलेको छ । उनका श्रीमान् भारतमा रोजगारीका लागि गएको र लामो समयदेखि सम्पर्कमा नरहेको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्