Banner News

थप २४१ जनामा सङ्क्रमण पुष्टि: २२८ जना सङ्क्रमणमुक्त



काठमाडौँ, १५ पौष । देशभर थप २४१ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ भने २२८ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ८९७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २३५ र एन्टिजेन विधिबाट ६ जनामा सङ्क्रमण पुष्टि भएको हो । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख ११ हजार ७४६ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९८ प्रतिशत रहेको छ । हाल देशभर ४ हजार ८७१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

कोभिड–१९ को सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा कसैले पनि ज्यान गुमाएनन् । हालसम्म देशभर ११ हजार ५९० जनाले ज्यान गुमाइसकेका छन् ।