काठमाडौँ, १५ पौष । नेकपा एमाले नेता भीम रावलले भारतले नेपालको भूमि आफ्नो नक्सामा राख्दा समेत नेपाल सरकार मौन बसेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ ।
पूर्वमन्त्री समेत रहेका रावलले महाकाली नदीको नाम फेरेर भारतले नेपालीको लिम्पियाधुरा र लिपुलेक र कालापानीको क्षेत्रलाई आफ्नो नक्सामा राखेको समाचारबारे नेपाल सरकार र ठूला पार्टीको धारणा के हो ? किन मौन भन्दै प्रश्न गर्नुभएको हो । गठबन्धन सरकार प्रदेशमा मन्त्रालय फुटाएर भएपनि पदको भागबण्डामा व्यस्त रहेको उहाँले आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो, ‘महाकाली नदीको नाम फेरेर भारतले नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई आफ्नो नक्शामा राखेको समाचारबारे नेपाल सरकार र ठूला पार्टीको धारणा के हो ? किन मौन ? कि गठबन्धन सरकार भन्नेहरू प्रदेशमा मन्त्रालय फुटाएर भएपनि पदको भागबण्डामा र अरू पार्टी गुटबन्दीमै व्यस्त हो ?’










प्रतिक्रिया दिनुहोस्