समाचार

५ जना जुवाडे पक्राउ



काठमाडौँ, १६ पौष । चन्द्रागिरी नगरपालिका १५ तिनथानास्थित बाग भैरब मिटशपको माथिल्लो तलामा तास खेलिरहेको अवस्थामा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिहीबार दिउँसो महानगरीय प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५६ हजार २० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।