समाचार

आजको मौसम



काठमाडौँ, १७ पौष । आज देशभर आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । हाल काठमाडौँ उपत्यकासहित देशभर हुस्सु लागेको छ । काठमाडौँमा आज बिहान ३.८ डिग्री सेल्सियस तापक्रम रहेको छ । बिहान ६ बजे ३.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको हो ।

केहीबेरपछि हुस्सु हटेर घाम लाग्ने छ । पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले आज देशभर आंशिक बद्ली रहने तर पानी भने नपर्ने महाशाखाले जनाएको छ ।

आज गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका एक/दुई ठाउँमा भने हल्का हिमपातको सम्भावना छ । हिमपातका कारण अधिकतम तापक्रम घट्दा चिसो बढेको छ ।

हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।