काठमाडौँ, १८ पौष । प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारू आयोगको तेस्रो वार्षिक प्रतिवेदन आर्थिक बर्ष २०७७/७८ पेश गर्ने एउटा मात्रै कार्यसूची रहेको छ ।
त्यसअघि बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ । संसद भवनको शंकर हलमा बस्ने परामर्श समितिको बैठकमा संसदको अवरोध हटाउन पहल हुने बताइएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आफ्नो माग सम्वोधन नभएकाले संसद अवरोध जारी रहने अडान कायमै राखेको छ ।










प्रतिक्रिया दिनुहोस्