राजनीति

एकै दिनमा उल्टियो स्वास्थ्य मन्त्रालयको निर्णय



काठमाडौँ, २० पौष । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको निर्णय एकै दिनमा उल्टिएका े छ । आजबाट सुरु गरेको कोरोनाविरुद्धको थप मात्रा खोप कार्यक्रम स्थगित गरेको छ । सो सँगै मन्त्रालयले आफ्नो निर्णय एकै दिनमा उल्ट्याएको हो ।

मंगलबार मन्त्रालयले सूचना जारी गर्दै प्राविधिक विषयहरु छलफल तथा तयारी गरी आगामी माघ महिनादेखि थप मात्रा खोप लगाउनेबारे जानकारी गराउने भन्दै हाललाई लक्षित वर्गलाई लगाउने भनिएको तेस्रो मात्रा खोपको कार्यक्रम स्थगित गरेको हो ।

मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै मंगलबारदेखि वृद्धवृद्धा, दीर्घरोगी लगायतलाई कोरोनाविरुद्धको तेस्रो मात्रा खोप कार्यक्रम सञ्चालन गरेको थियो ।